दाङ,१५ असोज । रोल्पा आईटिएफ तेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्ति गरेको छ । रोल्पा जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि रोल्पा आईटिएफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रशिक्षक नियुक्ति गरेको हो ।
प्रशिक्षकलाई मासिक तलब भत्ता दिने गरी जिल्लाको तेक्वान्दो खेलको विकासका लागि बागलुङ जिल्ला निवासी श्रीप्रसाद बुढामगरलाई प्रशिक्षकको रुपमा नियुक्ति गरिएको रोल्पा आईटीएफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठा मगरले जानकारी दिएका छन् ।
संघले बल्याक बेल्ट दोस्रो डान तेक्वान्दोका प्रशिक्षक बुढामगरलाई करारमा प्रशिक्षक नियुक्त गरेको हो । प्रशिक्षक बुढा मगरले यसअधि गुल्मी जिल्लामा १ वर्ष र बागलुङ जिल्लामा ३ बर्ष गरि ४ बर्ष प्रशिक्षकको जिम्मेवारी पुरा गरिसकेका छन । प्रशिक्षक बुढाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएर पदक समेत हात पारिसकेका छन ।
२०६८ सालमा रोल्पामा स्थापना भएको आईटिएफ तेक्वान्दो संघले विभिन्न गतिविधिहरु गर्दै आएको छ । यसको अझै विकास र विस्तारका लागि केही डोजाङ्गहरुमा प्रशिक्षक बुढा्ले प्रशिक्षण सुरु गर्ने संघका सचिव कृष्णप्रसाद बाठा मगरले जानकारी दिएका छन् ।
RaptiSandesh RaptiSandesh