दाङ, १४ वैशाख
नेपालमा काेराेना संक्रमीतकाे संख्या ५१ पुगेकाे छ । विरगञ्जका ५०/५० बर्षका दुई जना पुरूषमा काेराेना पाेजेटिभ देखीएसँगै संक्रमीतकाे संख्या ५१ पुगेकाे हाे ।
राष्ट्रिय स्वास्थ्य प्रयाेगशालामा भएकाे परिक्षणमा उनीहरूकाे रिपाेर्ट पाेजेटिभ देखीएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । उनीहरू अाईसाेलेशन अस्पतालमै रहेकाे र स्वास्थ्य अवश्था सामान्य रहेकाे छ ।
हालसम्म संक्रमीतहरूमध्य १२ जना उपचारपछि डिस्चार्ज भएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।
