Home / Feature Breaking news / संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वोच्च जाँदै

संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वोच्च जाँदै

काठमाडौं,६ पुस । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरूले सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरूले सर्वोच्च जाने तयारी गरेको नेकपा नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरू सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टाछुट्टै गुट भेला चलिरहेको छ । सोमबार नै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वदलीय बैठकको आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*