घाेराही, १६ पुस
घाेराही उपमहानगरपालिका वडा नम्बर १५ ले जेष्ठ नागरिकहरूकाे घरमै पुगेर स्वास्थ्य सेवा दिएकाे छ । वडा अध्यक्ष रमेशकुमार पाण्डेकमे नेतृत्वमा स्वास्थ्यकर्मीहरू जेष्ठ नागरिकहरूकाे घरघरमा पुगेर स्वास्थ्य जाँच गरेका छन् ।
वडाकाे रतनपुर क्षेत्रमा टाेलहरूमा पुगेर मंगलवार स्वास्थ्य जाँच गरिएकाे छ ।
जेष्ठ नागरिकहरूमा स्वास प्रश्वास, दम, दुखाई, ग्याँस्टिक जस्ता समस्याकाे उपचार गरिएकाे थियाे ।
उपचारमा शहरी स्वास्थ्य केन्द्रका ईञ्चार्ज हिरन्यराज शर्मा र संस्थागत परिवार नियाेजन केज्द्रका इञ्चार्ज राधा पाैडेल लगायतकाे टाेलीले जेष्ठ नागरिकहरूकाे स्वास्थ्य जाँच गर्नुभएकाे थियाे ।
४० जना जेष्ठ नागरिकहरूकाे स्वास्थ्य जाँच गरिएकाे वडा अध्यक्ष पाण्डेयले जानकारी दिनुभयाे ।
मंगलवार दिवा सेवा केन्द्रमा अाएका २० जना जेष्ठ नागरिककाे पनि स्वास्थ्य जनँच गरिएकाे थियाे ।