घाेराही, १४ असाेज
अफरै अफरको घोराहीमा जारी यामाहा महामेला एक्सचेन्ज अफर कार्यक्रममा ग्राहकहरूकाे बाक्लाे सहभागिता रहेकाे छ । यमाहा कम्पनीको आधिकारिक विक्रेता श्रेष्ठ अटोमोवाईल्सले अाईतवारदेखी घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङगनमा सुरू गरेकाे यमाहा महामेलामा ग्राहकहरूकाे दैनिक बाक्लाे सहभागिता रहेकाे हाे ।
महामेलामा अाईतवार र साेमवार ६२ वटा माेटरसाईकल विक्री भएकाे श्रेष्ठ अटाे माेबाईल्सका म्यानेजर लक्की सल्मानीले जानकारी दिनुभयाे ।।
महामेलामा कुनै ग्राहकहरुले बाईक एक्सचेन्ज गर्न चाहे जुनसुकै ब्राण्डको बाईक वा स्कुटरको न्यूनतम मुल्याङकन ३० हजार र त्यसमा १५ हजार थप गरिने व्यवस्था रहेको छ । महामेलामा मोटरसाईक वा स्कुटरको खरिदमा ग्राहकले निःशुल्क हेल्मेट, लेगगार्ड र पञ्जालगायतका सामग्री प्र्राप्त गर्ने भएका छन ।
त्यस्तै महामेलामा विभिन्न मोडेलका नयाँ नयाँ मोटरसाईकल समेत उपलव्ध रहेका छन्। १५ गतेसम्म चल्ने महामेलामा उपस्थीत हुनेहरुलाई विशेष उपहारको व्यवस्था समेत रहेकाे छ ।
त्यस्तै कम्पनीले भिक्टोरी कार्यक्रम अन्तर्गत बिजया दशमी, दिपावली र छठको उपलक्षमा हरेक दिन एक लाखसम्मको नगद पुरस्कार, मोटरसाईकल तथा स्कुटरको खरिदमा सात हजारदेखि एक लाखसम्म नगद छुटसँगै हरेक हप्ता लक्की ड्र मार्फत आईफोन एक्स मोवाईल उपहार प्रदान गर्ने भएको छ ।
यमाहाले विभिन्न मोडेलका ११३ सिसिदेखि ३२१ सिसिसम्मकाा र मुल्य एक लाख ८८ हजार नौ सयदेखि नौ लाख २४ हजार नौ सय मुल्यसम्मका मोटरसाईकलहरु रहेको श्रेष्ठ अटोमोवाईल्स घोराहीले जानकारी दिएको छ ।