घोराही, २७ साउन
नेपाल महिला संघ दाङले महाधिवेशनका लागि मिति तय गरेको छ ।
महिला संघको आज बसेको बैठकले मिति तय गरेको हो ।
भदौ १५ गते जिल्लाका सय वटै वडाहरुमो अधिवेशन, भदौ २० गते १० वटै पालिका, भदौ २५ गते ६ वटै प्रदेश सभा क्षेत्र, भदौ ३० गते प्रतिनिधी सभा क्षेत्रको अधिवेशन गर्ने निर्णय गरेको हो ।
महिला संघ दाङका अध्यक्ष गोमा रावतको अध्यक्षतामा बसेको बैठकले अधिवेशनकालागि मिति तय गर्दै अधिवेशन सफल बनाउनका लागि नेपाली कांग्रेसको जिल्ला, संघ क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका, वडा कार्यसमिति एवं सम्पूर्ण भातृ संगठन तथा सुभेच्छुक संघ संस्थाहरुलाई अनुरोध गर्ने निर्णण गरेको हो । साथै अधिवेधनको मिति बारेमा महिला केन्द्रिय समितिमा जानकारी गराउने निर्णय भएको छ ।
RaptiSandesh RaptiSandesh