घोराही, ७ चैत
नेपाली कांग्रेसले पार्टिका पूर्व सभापति एवं शिखर पुरुष स्व.गिरिजाप्रसाद कोईरालाको स्मृति दिवश मनाएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले कार्यक्रमको आयोजना गरि कोईरालाको १५ औँ स्मृति दिवश मनाएको हो ।
क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षता एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली राजनितिमा विभिन्न चरणका परिवर्तनको नेतृत्व गर्ने गिरिजाप्रसाद कोईराला नेपाली राजनितिका शिखर पुरुष भएको बताएका थिए ।

उनीहरुले कोईरालाले मजदुरहरुको आन्दोलनको नेतृत्व गर्नेदेखी सशस्त्र द्धन्दमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा लिएर ईतिहासकै उच्चस्तरिय कार्य गरेको बताएका थिए ।
स्व. कोईरालाले हजारौ नेपालीहरुको ज्यान गएको समयमा सशस्त्र द्धन्दलाई व्यवस्थापन गरि देशलाई शान्तिको मार्गमा हिडाउदै सफल नेतृत्वको भूमीका निर्वाह गरेको वक्ताहरुको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य जानका के.सी, नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतम, नेपाली कांग्रेस दाङका उपसभापतिहरु गिरिराज सुवेदी र कमानसिंह भारति, नेपाली कांग्रेस जिल्ला सचिव बालिका लम्साल, महासमिति सदस्य भुपबहादुर डाँगी, नेपाली कांग्रेस प्रदेश क्षेत्र २(१) का सभापति प्रकाश श्रेष्ठ, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावत लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण क्षेत्रिय सचिव आर.के.शीतलले गर्नुभएको थियो ।
RaptiSandesh RaptiSandesh