Home / Feature Breaking news / देशभर मनसुनी वायुको प्रभाव : पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव : पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव जारी छ। पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको  छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको छ ।

विभागले आगामी २४ घण्टामा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही भागमा हुरीबतासको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ । साथै  यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*