Home / Feature Breaking news / नारायणपुर खानेपानी: अध्यक्षमा रजाैरे, उपाध्यक्षमा बस्नेत र काेषाध्यक्षमा लम्साल निर्विराेध

नारायणपुर खानेपानी: अध्यक्षमा रजाैरे, उपाध्यक्षमा बस्नेत र काेषाध्यक्षमा लम्साल निर्विराेध

नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षसहित तीन पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष सहित उपाध्यक्ष र कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिको अध्यक्षमा कुलप्रसाद रजौरे (श्रवण), उपाध्यक्षमा रेशम बस्नेत, कोषाध्यषमा महेश लम्साल निर्विरोध निवाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
महासचि, सचिव सहित सदस्य पदकालागी निर्वाचन हुने भएको छ । जसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहित दलको गठबन्धन प्यानल र नेकपा एमालेको प्यानल गरि दुइृ प्यानलले उमेद्वारी दर्ता गरेका छन् । जसमा गठबन्धनको तर्फबाट महासचिवमा अशोक शर्मा पोख्रेल, सचिवमा सन्तोष केसी, सदस्यमा लक्ष्मी आचार्य (पथरकोटीया), गहनी चौधरी, लोकराज न्यौपाने, समीर केसी, भिमबहादुर रावत, सुन्दरबहादुर बस्नेत, बिरेन्द्रप्रसाद शर्मा, बसन्त न्यौपानेले उमेद्वारी दर्ता गर्नुभएको छ । यस्तै नेकपा एमालेको प्यानलबाट महासचिवमा बसन्त श्रेष्ठ, सचिवमा टिकादक्त खनाल(सागर), सदस्यहरुमा तिलकबहादुर भण्डारी, गोपालप्रसाद श्रेष्ठ, कमल वली, लक्ष्मी आचार्य (धैरेनी), ओमबहादुर खत्रीले उमेद्वारी दर्ता गरेको निर्वाचन संयोजक कुमारराज श्रेष्ठले जानकारी दिनुभयो । नारायणपुर खानेपानी समितिको नयाँ नेतृत्वकालागी फागुन २८ गते मतदान हुनेछ । नारायणपुर खानेपानीमा २ हजार ८ सय ४४ जना सदस्यहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*