Home / Feature Breaking news / सुनिल पुन स्मृति फुटबल प्रतियोगिता हुँदै

सुनिल पुन स्मृति फुटबल प्रतियोगिता हुँदै

नारायणपुर, ३१ असोज

नारायणपुरका युवा सुनिल पुनको स्मृतिमा रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।

स्वर्गीय सुनिल पुन स्मृति प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिता यही असोज ३ गतेदेखी हुने भएको हो । न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा प्रतियोगिता हुन लागेको होे ।

असोज ३ गतेदेखी घोराही उपमहानगरपालिका वडा न. १० को बि.पी बाटिका खेल मैदानमा नकआउट खुल्ला फुटबल प्रतियोगिता सुरु हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, दृतिय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

न्यू स्टार फुटबल क्लबका पूर्व खेलाडी एवं प्रकृति लोकसांस्कृतिक क्लबका संरक्षक रहेका सुनिल पुनको स्मृतिमा रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको न्यू स्टार फुटबल क्लबका अध्यक्ष खुमबहादुर वलीले जानकारी दिनुभयो ।

अग्रजहरुको सम्मान र सम्झना सहित खेल क्षेत्रको विकास र विस्तारकालागी प्रतियोगिताको आयोजना गरिएकाले सम्पूर्ण क्लब, एकेडेमी, विद्यालय तथा संघसंस्थाहरुले असोज १ गते मंगलवार बेलुका ४ बजेसम्म टिम दर्ता गर्न क्लबले अनुरोध गरेको छ ।

दिम दर्ताको आधारमा असोज १ गते मंगलवार बेलुका ५ बजे टाईसिट निकालिनेछ भने असोज ३ गते विहीबार दिउसो २ बजे प्रतियोगिताको उद्घाटन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*