Home / Feature Breaking news / घोराही मेयरकपमा वडा नम्बर १० को लगातार तेस्रो जीत

घोराही मेयरकपमा वडा नम्बर १० को लगातार तेस्रो जीत

घोराही, २४ पुस

घोराहीमा जारी मेयर कप फुटबल प्रतियोगीतामा घोराही उपमहानगरपालिका वडा नम्बर १० ले लगातार तेस्रो जीत निकालेको छ ।

घोराही उपमहानगरपालिको आयोजनामा जारी वडा स्तरिय मेयरकप फुटबल प्रतियोगीतामा घोराही उपमहनगरपालिकाले तेस्रो खेलमा घोराही उपमहानगरपालिका वडा नम्बर ८ लाई शुन्यका विरुद्ध ३ गोलले पराजीत गर्दै लगातार तेस्रो जीत निकालेको हो ।

वडा नम्बर १० ले वडा नम्बर ८ लाई शुन्यका विरुद्ध ३ गोल गरेको थियो । जसमा वडा न १० का जर्सी नम्बर ७ का निरज पुनले दुई गोल र जर्सी नम्बर १० का मनु न्यौपानेले १ गोल गर्नुभएको थियो ।

जीतसँगै वडा नम्बर १० ले ९ अंकसहित समूहको शीर्ष स्थानमा रहेको थियो ।

यसअघी वडा नम्बर १० ले वडा नम्बर १२ लाई शुन्यका विरुद्ध २ र वडा नम्बर ९ लाई ३ का विरुद्ध ४ गोलले पराजीत गर्दै बिजयी भएको थियो ।
वडा नम्बर १० ले अब लिग चरणको अन्तिम खेल पुस २८ गते बिहान सवा ८ बजे खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*