Home / Feature Breaking news / पत्रकार महासंघको स्थापना दिवसका अवसरमा रक्तदान

पत्रकार महासंघको स्थापना दिवसका अवसरमा रक्तदान

घोराही, १ पुस । नेपाल पत्रकार महासघं दाङ शाखाको ३० औंं स्थापना दिवस मनाउन सुरु भएको छ । चार दिनसम्म विविध कार्यक्रम गरी मनाउने नेपाल पत्रकार महासंघ दाङ शाखाको निर्णय अनुसार पहिलो दिन घोराहीमा रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाउन सुरु गरिएको हो ।

रक्तदान कार्यक्रममा १० जना पत्रकारहरुले रक्तदान गर्नुभएको छ । कार्यक्रममा पत्रकारहरु जनक नेपाली, रोम थापा, हेमराज परिवर्तन, दशरथ घिमिरे, बिमला घर्ती, टोपेन्द्र रोका, गिरिराज नेपाली, यमकला भुसाल,दिनेश चौधरी र सन्तोष सुवेदीले रक्तदान गरेको कार्यक्रम संयोजक गिरी नेपालीले जानकारी दिनुभएको छ ।

नपाल पत्रकार महासंघ दाङ शाखाका कार्यवाहक अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं सल्लाहकार सुदीप गौतमको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो ।

यसैबीच स्थापना दिवसका अवसरमा पुस २ गते घोराहीमा पत्रकार महिलाहरुबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिने भएको सचिव शीतलले जानकारी दिनुभएको छ । सचिव शीतलका अनुसार महासंघले पुस ३ गते घोराही उपमहानगरपालिका–१४ झिगौरामा रहेको नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा बसोवास गर्ने अपांगता भएका व्यक्तिहरुलाई खाद्यान्न सामाग्री वितरण र पुस ४ गते तुलसीपुरमा साधारणसभा गरेर स्थापना दिवस मनाउने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*