घाेराही, ८ भदाै
घाेराही उपमहानगरपालिका १७ कर्जाही ड्याममा डुबेर बेपत्ता भएका पुरूषकाे शव भेटिएकाे छ । साेमवार ड्याममा डुबेका पुरूषकाे शव ४९ घण्टापछी भेटिएकाे हाे ।
साेमवार बिहान साढे ११ बजेपछि ड्याममा डुबेका साेही ठाँउ खाेलिगाँउ टाेलका ४० बर्षीय अम्मर चाैधरीकाे शव आज दिउसाे करिब साढे १२ बजे फेला परेकाे हाे ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे टाेलीले साेमवारदेखी खाेजी गरिरहेकाे थियाे । आज बुधवार सशस्त्र प्रहरी बल नेपाल न.२९ गण ज्वालामाई भालुवाङका सशस्त्र प्रहरी सहायक निरिक्षक कमल रेग्मीकाे नेतृत्वमा रहेकाे विपत् व्यवस्थापन टाेलीले शव फेला पारेकाे हाे ।
ड्याममा रहेका सुकेकाे रूखकाे जरासँगै हिलाेमा गाडीएकाे अवश्यामा शव फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।