Home / Feature Breaking news / गौमाता संरक्षणकालागी घोराहीमा महापुराण हुने

गौमाता संरक्षणकालागी घोराहीमा महापुराण हुने

दाङ, ४ असोज

गौमाताको संरक्षणकालागी दाङमा महापुराण सञ्चालन हुने भएको छ । तुलसीपुर उपमहागरपालिका वडा नम्बर १८ मा रहेको योगी आदित्यनाथ फाउण्डेसनको आयोजनामा गौमाताको संरक्षणकालागी महापुराण हञ्चालन हुने भएको हो ।

असोज २८ देखि कार्तिक ५ गते सम्म सञ्चालन हुने श्रीमद भागवत पितृमुक्ति पञ्च आरति गौदान तथा दशै महोत्सवकालागी घोराहीमा भएको भेलाले आयोजक मूल समिति एवं विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

फाउण्डेसनका अध्यक्षतामा घोराहीमा भएको भेलाले मूल समिति एवं उपसमितिहरु गठन गरेको हो । भेलाले भरतनाथ योगी संयोजक रहेको आयोजक मूल समिति गठन गरेको छ ।

यस्तै रुपा वली संयोजक रहेको मातृ शक्ती परिचालन मूल समिति गठन गरिएको छ । जसको सह–संयोजकमा बिमला योगी, उप–संयोजकमा गोमा रावत रहनुभएको छ ।

यसैगरि सरेश हमाल संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति, शारदा पोख्रेल संयोजक र यज्ञश्वरी चन्द सह–संयोजक रहेको रहेको पूजा व्यवस्थापन उपसमिति, निर्मला गौतम संयोजक र कल्पना न्यौपाने सह–संयोजक रहेको संघसंस्था समन्वय तथा परिचालन उपसमिति, लिला शाह संयोजक र आर.के.शीतल सह–संयोजक रहेको मिडिया समन्वय उपसमिति गठन गरिएको छ ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने महापुराणकालागी थप समिति तथा उपसमितिहरु आवश्यकता अनुसार गठन गरिने आयोजक मूल समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*