Home / Feature Breaking news / घोराही क्षेत्रका संस्थागत विद्यालय चार दिन विदा

घोराही क्षेत्रका संस्थागत विद्यालय चार दिन विदा

दाङ, ९ साउन । दाङको घोराही क्षेत्रका संस्थागत विद्यालय चार दिनलाई बिदा गरिएको छ ।

पछिल्लो चरणमा बढ्दै गएको भाइरल ज्वोरोका कारण निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घोराही नगर प्याब्सन अन्र्तरगतका विद्यालयहरूमा साउन १० गते मंगलबारदेखि शुक्रबारसम्म बिदा दिने निर्णय गरेको हो । प्याब्सन घोराही प्याब्सनले सोमबार एक विज्ञप्ति जारी गरी विद्यालय बिदा गर्ने जानकारी अध्यक्ष बिरेन्द्र चन्दले जानकारी दिएका छन् ।

पछिल्लो चरणमा देखिएको भाइरल सरुवा रोग विद्यार्थीहरु माझ तीव्र रुपमा फैलिएको विद्यमान वर्तमान अवस्था तथा विभिन्न स्वास्थ्य विज्ञहरुसँगको परामर्शमा त्यस्ता संक्रमित विद्यार्थीहरु अन्यको सम्पर्कमा नराख्न सुझाव आए बमोजिम यस स्वास्थ्य समस्यालाई विकराल हुनबाट रोक्न अभिभावक, विद्यार्थीहरु, शिक्षक तथा आम नागरिकमा सचेत रहन तथा आ–आफ्नो तवरले सहयोग गर्न अनुरोध गर्दै यस घोराही प्याव्सन अर्न्तगतका संस्थागत विद्यालयहरुमा यही साउन १० गतेदेखि १३ गतेसम्म वर्षे विदा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*