Home / Feature Breaking news / तुलसीपुरबाट १ लाख बढी रकमसहित ७ जुवाडे पक्राउ
फाईल तस्वीर

तुलसीपुरबाट १ लाख बढी रकमसहित ७ जुवाडे पक्राउ

दाङ,१८ असार । तुलसीपुर प्रहरीले नगद रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार दिउँसो साढे ३ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित रातामाटा होटलबाट नगद एक लाख दुई हजार तीन सय पचासी रूपैँयासहित ७ जना जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा सल्यान त्रिवेणी गाउँपालिका–१ घर भई हाल दाङ बबई गाउँपालिका १ बस्ने ४१ वर्षिय टोप बहादुर बोहरा, सल्यान शारदा नगरपालिका–१० घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा कोठा भाडा लिइ बस्ने ४१ वर्षिय गुप बहादुर चलाउने, सल्यान त्रिवेणी गाउँपालिका–१ निवासी ३७ वर्षिय धर्मराज थापा र सोही ठाउँ निवासी ३६ वर्षिय गुमान सिह बुढाथोकी रहेका छन् ।

त्यस्तै सल्यान शारदा नगरपालिका१० निवासी २६ वर्षिय दिपबहादुर चलाउने, सोही ठाउँ निवासी ३४ वर्षिय अम्मर राज खड्का र सल्यान शारदा नगरपालिका–११ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा रातामाटा होटल संचालन गर्दै आएका ३५ बर्षीय सेतीराम बुढाथोकी रहेका छन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको कमाण्डमा खटिगएको प्रहरी टोलीले उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित रातामाटा होटलबाट पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट प्रहरीले नगद र खेली रहेको १ गड्डी तास बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*