Home / Feature Breaking news / ‘मानवअधिकार उल्लङ्घनका घटना रोक्न सामूहिक प्रयास’

‘मानवअधिकार उल्लङ्घनका घटना रोक्न सामूहिक प्रयास’

दाङ, १० असार । जिल्लामा बितेको ६ महिनाको अवधिमा मानवअधिकार उल्लङ्घनका ७८ वटा घट्नाहरू घटेका छन् । २०२२ जनवरीदेखि हालसम्म ७८ वटा घट्नामा ८१ जना पीडित बनेका हुन् ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा २०२२ जनवरीदेखि हालसम्म इन्सेकले गरेको अभिलेखअनुसार जिल्लामा राज्य र गैरराज्य पक्षबाट भएका मानवअधिकार उल्लङ्घनका घटनाहरू ६४ महिला र १७ पुरूष गरी ८१ जना पीडित भएका छन् ।

अर्धबार्षिक पूर्व समिक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटनाहरूमा गैरराज्य पक्षबाट ७० वटा, राज्यबाट ६ वटा र अज्ञात पक्षबाट २ वटा मानवअधिकार उल्लङघनका घटनाहरू घटेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दाङका प्रतिनिधि जेएन सागरले जानकारी गराएका थिए । इन्सेकको प्रतिवेदनअनुसार पीडित हुनेमा ४ वर्षीय बालिकादेखि ६२ वर्षीय वृद्धासम्म रहेका छन् । उनीहरूमध्ये ३१ जना बालिकाहरू मात्रै रहेको इन्सेकले जनाएको छ ।

जिल्ला प्रतिनिधि सागरकाअनुसार सबैभन्दा धेरै घटना घरेलु हिंसाका ३२ वटा रहेका छन् । यसैगरी बलात्कारका १९, हत्याका ५, बलात्कार प्रयासका ३, दुव्र्यवहारका ३, बन्द÷हडतालका ५, गैरकानुनी हिरासत ३, बेवारिसे बमका २, यौन दुव्र्यवहार, जातीय विभेद, मानव बेचविखन, आत्महत्या दुरुत्सान, हत्या प्रयास र अपहरणका १÷१ वटा घट्ना रहेका छन् ।

मानवअधिकार सञ्जाल दाङका सदस्य चन्द्रराज पन्तको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले मानवअधिकार उल्लङ्घनका घटना रोक्नका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका हुन् । मानवअधिकारको सम्मान, संरक्षण र प्रबद्र्धन तथा त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु पर्नेमा जोड दिएका थिए ।

मानवअधिकारको उल्लङ्घनबाट पीडितलाई कानुनवमोजिम क्षतिपूर्ति दिलाउन, लैङ्गिक विभेद्को अन्त्य गर्न सचेतनासँगै दोषीलाई कारबाही गर्नु पर्नेमा जोड दिएका थिए । उनीहरूले पछिल्लो समय संख्यात्मक रूपमा जिल्लामा मानवअधिकार उल्लङ्घटनका घटनाहरू घटे पनि अवस्था भने सन्तोषजनक गर्नलायकको नरहेको बताएका थिए ।

साथै प्रतिवेदनमा जिल्लामा बेमौसमी वर्षाले धान नष्ट हुँदा पीडित किसानले अहिलेसम्म राहत नपाएको, ३४ करोडको खर्च गरेर कालोपत्रे गरेको घोराही–तापा सडक धुलो र हिलोमा परिणत भएको, घोराही–तुलसीपुर फोरलेन सडकको अवस्थाले दुर्घटनासँगै सर्वसाधारणले ज्यान गुमाउनेदेखि वर्सातको समयमा किसानले मल नपाएको विषयलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएस्पी मुकुन्द्र रिजालले मानवअधिकार संरक्षण र प्रबद्र्धनका लागि प्रहरी गम्भीर रहेको बताएका थिए । साथै उनले कानुनको कार्यान्वयन गर्दै पीडितलाई न्याय र दोषीलाई कारबार्ही गर्दै नागरिकलाई मानवअधिकारको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस घोराहीका नगरसभापति तिलक रावत, नागरिक समाज दाङका संयोजक केबी मसाल, जिल्ला बार इकाईका अध्यक्ष शिवकुमार घिमिरे, घोराही कारागारका जेलर बासुदेव रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*