Home / Feature Breaking news / नारायणपुर महोत्सवः सांस्कृतिक कार्यक्रममा रमाउदै दर्शक

नारायणपुर महोत्सवः सांस्कृतिक कार्यक्रममा रमाउदै दर्शक

नाायणपुर, १३ माघ
घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शुक्रवारदेखी सुरु भएको महोत्सवमा आज दोस्रो दिनदेखी कलाकारहरुको सांस्कृतिक प्रस्तुतिमा दर्शकहरु रमाउन सुरु गरेका छन् । महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा दर्शकहरुको ध्यान केन्द्रित भएको छ ।

नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा शनिवार हजारौ दर्शकहरु कलाकारहरुको प्रस्तुतिमा केन्द्रित भएका छन् । महोत्सवमा रहेका स्टलहरुको अवलोकनसँगै बाल उद्यान र सांस्कृतिक कार्यक्रमले दर्शकहरुको आकर्षीत गरेको छ ।

IMG_5042

महोत्सवको दोस्रो दिन शनिवार युवहरुको रोजाई पप गायक कमल खत्रीको गीतहरुमा दर्शकहरु छमछमी नाचे । उनले चर्चीत गीतहरु गाउदा दर्शकहरु छमछमी नाचेका थिए । कमलले ‘तिम्रो आत्मामा, म मरे मरे, झ्यालैमा झ्यालैमा, सुस्तरी सुस्तरी, बोल्दैन त्यो तिम्रो तस्वीर’ बोलको गीतहरु प्रस्तुत गरेका थिए ।

यस्तै गायीका सिर्जना खत्रीले पनि आफ्नो उत्कृष्ट प्रस्तुति राखेकी थिईन् । ‘शीरमा सिन्दुर, हाउडे माया, लाउरे माया’ लगायतका गीतहरु प्रस्तुति राखेकी थिईन् । उनलाई दर्शकहरुले खुबै साथ दिएका थिए ।

IMG_4971

शनिवार लोकदोहोरी गायक रोहन वली, गायक सरद समीप, टोपेन्द्र विष्ट, राजु विक लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रमको सहजिकरण लोकदोहोरी गायीका एवं मोडल रुपा घर्ति मगरले गरेकी थिईन् ।

महोत्सवमा व्यापारिक, पर्यटन, कृषी एवं अन्य स्टलहरु रहेका छन् । । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ ।

IMG_5032

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेका छन् ।

महोत्सवमा प्रवेशकालागि ५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ । टिकटमा विद्यार्थीहरुकालागि विशेष छुटका सहित ७५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक एवं क र ख वर्गको परिचयपत्र भएका अपांगहरुकालागि निशुल्क प्रवेशकालागि फोटोसहित पास उपलब्ध गराईएको छ ।

आईतवारका कलाकारहरु
नारायणपुर महोत्सवका आईतवार शनिवार पनि राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने भएको छ । आईतवार लोकदोहोरी गायक तिलक वली, लोकदोहोरी गायीका जानमी तारामी मगर, प्रकाश सपुत लगायतका कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिनुभयो । साथै दंगाली कलाकारहरुको पनि प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*