Home / Feature Breaking news / राजपुरमा माओवादीको अग्रता,काँग्रेस पछ्याउँदै

राजपुरमा माओवादीको अग्रता,काँग्रेस पछ्याउँदै

दाङ,३१ बैशाख । दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका चक्रबहादुर खड्काले अग्रता कायम राखेका छन् ।

रात्रि प्रावि गंगदीमा जारी मतगणना अनुसार ३५ सय मतगणना गनिसक्दा खड्काले १२ सय ९९ मत हासिल गरेका छन्। खड्का ३ सय ६ मतले उम्मेदवार अगाडि छन्। नेपाली काँग्रेसबाट शरदकुमार बुढाथोकीले ९ सय ९३ मत प्राप्त गरेका छन् । एमालेबाट कुलराज गिरीले ८ सय ८५ मत प्राप्त गरेका छन्

त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुष्पा यादवले १३ सय १३ मत प्राप्त गर्दा, नेपाली काँग्रेसबाट धनपतिदेवी यादवले १ हजार २० मत प्राप्त गरेकी छिन। एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार सीता यादवले ८ सय ४५ मत प्राप्त गरेकी छिन । राजपुरको वडा ६ र ७ मा गणना भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*