Home / Feature Breaking news / दाङ क्रिकेट लिगलाई सगरमाथा सिमेन्टको मुख्य प्रायोजन

दाङ क्रिकेट लिगलाई सगरमाथा सिमेन्टको मुख्य प्रायोजन

दाङ,२७ फागुन । दाङमा हुन लागेको दाङ क्रिकेट लिग क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सगरमाथा सिमेन्ट जोडिएको छ ।

नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको सगरमाथा सिमेन्टले पहिलो पटक आयोजना हुन लागेको दाङ क्रिकेट लिगलाई पनि मुख्य प्रायोजन गरेर सामाजिक उत्तरदायित्व अभियान अन्तर्गतको काममा संलग्न भएको हो ।

सगरमाथा सिमेन्टको उद्योग नै दाङमा भएकाले यहाँको खेलकुदको विकासमा केही हदसम्म सहजता हुने देखेर मुख्य प्रायोजन गरेको कम्पनीले जनाएको छ । कम्पनीकातर्फबाट प्रतिक अधिकारी र दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पहिलो वर्षका लागि भएपनि आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सहमति भएको छ । सम्झौताको रकम भने खुलाइएको छैन् । दुई पक्षको सहमति अनुसार अहिलेलाई सम्झौता रकम नखुलाईएको अध्यक्ष मजगैंयाले जानकारी दिए । सम्झौता अनुसार प्रतियोगितामा सगरमाथा सिमेन्टको ब्रान्डिङ गर्नुपर्ने छ ।

चैत १२ गतेदेखि सुरुहुन लागेको दाङ क्रिकेट लिगको तयारी तीब्र गतिमा अघि बढेको छ । अहिले घोराही उपमहानगरालिका–१७ गुलरीयामा रहेको क्रिकेट मैदानमा पीच निर्माणको काम भइरहेको छ । प्रतियोगितामा सहभागी हुने ५ टिमका मालिकको पनि फाइनल भइसकेको छ । टिम दाङकै राजनीतिक नेतृत्व तथा व्यवसायीहरुले लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*