Home / खेलकुद / कोपा अमेरिकाः मेसी र नेइमार संयुक्त उत्कृष्ट

कोपा अमेरिकाः मेसी र नेइमार संयुक्त उत्कृष्ट

अर्जेन्टिनाका लियोनल मेसी र ब्राजिलका नेइमारलाई यस संस्करणको कोपा अमेरिकामा संयुक्त रूपमा उत्कृष्ट खेलाडी घोषित गरिएको छ।दक्षिण अमेरिकन फुटबलको उपाधिका लागि भिड्नुअघि नै विश्व फुटबलका यी दुई स्टारलाई यस संस्करणको कोपा अमेरिकामा संयुक्त रूपमा उत्कृष्ट खेलाडी घोषणा गरिएको हो।

 ‘जब प्रतियोगितामा दुई उत्कृष्ट खेलाडी खेलिरहेका छन् भने एक जनालाई मात्र उत्कृष्ट खेलाडी चयन गर्नु निकै चुनौतीपूर्ण हुन्छ,’ दक्षिण अमेरिकन फुटबल महासंघ (कोनमेबोल) ले विज्ञप्तिमा भनेको छ। मेसीले ६ खेलमा चार गोल र पाँच असिस्ट गरेका छन्। नेइमारले भने पाँच खेल खेल्दा दुई गोल र तीन असिस्ट गरेका छन्।

कोनमेबोलको टेक्निकल कमिटीले खेलाडीले खेलमा पारेको प्रभावका आधारमा नै टोलीको प्रदर्शनमा भर पर्ने पनि प्रस्ट्याएको छ। यो टेक्निकल कमिटीमा कोलम्बियाका फ्रान्सिस्को माटुराना र कार्लोस रेस्ट्रोपो, उरुग्वेका ड्यानिल बानालेस र जेरार्ड पेलुसो, अर्जेन्टिनाका सर्जियो बाटिस्टा र नेरी पम्पिडो तथा ब्राजिलका ओस्वाल्डो डी ओभिइरा समावेश थिए। सन् २००५ मा अर्जेन्टिनाबाट डेब्यु गरेका मेसीले आइतबार करियरकै सबैभन्दा ठूलो सफलता प्राप्त गरेका थिए।

नेइमारले पनि आफ्नो ड्रिबल्स, पास र सटले खेलमा प्रभाव जमाएका थिए। साथै उनले मिडफिल्डर लुकास पाक्वेटासँग बल पासमा राम्रो साझेदारी पनि गर्दै ब्राजिलको अग्रपंक्तिमा राम्रो साथ दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*