घोराही, १२ असोज
पाल ब्यूटिसियन संघ दाङको आयोजनामा घोराहीमा एक दिने सेमीनार सम्पन्न भएको छ । संघको आयोजनामा शुक्रवार घोराहीमा सेमीनार भएको हो । जसमा जिल्लामा रहेका २ सय बढी ब्यूटिसियनहरुको सहभागिता रहेको थियो ।
ब्यूटिसियनहरुलाई नयाँ सीपबारे जानकारी गराएर थप दक्ष बनाउने उद्धेश्यकासाथ सेमीनारको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष सुलोचना प्रधानले जानकारी दिनुभयो ।
कार्यक्रममा वरिष्ठ ब्यूटिसियन मीनाकुमारी रिमालले नयाँ प्रविधी र तरिकाबारे सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । मेकअपलाई बसरी व्यवस्थित बनाउने भन्ने विषयमा उहाँले जानकारी गराउदै प्रयोगात्मक रुपमा पनि प्रशीक्षण दिनुभएको थियो ।
संघका जिल्ला अध्यक्ष सुलोचना प्रधानको अध्यक्षता एवं नेपाली कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सौन्दर्यता व्यक्तीको गहना भएकाले यसलाई व्यवस्थित गर्नकालागि ब्यूटिसियनहरुको महत्वपूर्ण भूमीका हुने बताएका थिए ।
कार्यक्रममा वरिष्ठ ब्यूटिसियन मीनाकुमारी रिमाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन, ब्यूटिसियन संघ प्रदेश नम्बर ५ का सदस्य शारदा त्रिपाठी, नगर अध्यक्ष सुधा हमालले मन्तव्य राख्नुभएको थियो ।
संघका जिल्ला उपाध्यक्ष सुधा हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव यांशु पन्त गिरले गर्नुभएको थियो ।