Home / समाचार / माटोको ढिस्कोले पुरिदा एकै घरका तीन जनाको मृत्यु

माटोको ढिस्कोले पुरिदा एकै घरका तीन जनाको मृत्यु

 

दाङ,१३ असोज । देउखुरीमा माटो खन्ने क्रममा पुरिदा एकै घरका तीन जनाको मृत्यु भएको छ । घर लिप्ने माटो लिन दोलई खोला गएका राप्ती गाउपालिका–४ मौरीघाट निवासी एकै घरका तीन जनाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा राप्ती गाउपालिका वडा नं. ४ मौरीघाट निवासी ३५ बर्षिय नीना चौधरी, ३० बर्षिय श्यामकुमारी चौधरी र १२ बर्षिय रेजिना चौधरीको रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन । दशैको लागि घर लिप्ने माटो लिन गएका उनीहरु माटो खन्ने क्रममा माटोको ढिस्को खसेर च्याप्दा मत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने निना चौधरी श्यामकुमारी चौधरी कि भाउजु हुन, भने रेजिना निनाकी भतिजी रहेको प्रहरीले जनाएको छ । माटोले ढिस्कोले च्याप्दा घटना स्थलमै तीनै जनाको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याईएको डिएसपी घर्तीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*