Home / Feature Breaking news / कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु
सांकेतिक तस्वीर

कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु

दाङ, १४ वैशाख

दाङका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दाङको तुल्सीपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएकी ७४ वर्षीया महिलाको मंगलबार बिहान ६ः२० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिनुभएको छ ।

पछिल्लो १२ घण्टामा बाँकेको नेपालगन्जमा उपचाररत बाँकेका दुईजना र दाङका एकजनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३० बजे मृत्यु भएको हो ।
यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मंगलबार बिहान २ः४० बजे मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*