Home / Feature Breaking news / तुलसीपुरमा विद्युतीय प्रणालीबाट घर नक्सापास

तुलसीपुरमा विद्युतीय प्रणालीबाट घर नक्सापास

तुलसीपुर, २८ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले अब नगरपालिका नटेकेरै नक्सा पास गर्ने प्रविधिको सुरुवात गर्न लागेको छ । उपमहानगरपालिका क्षेत्रभित्र घरनक्सा पाससम्बन्धी वर्तमान कागजी प्रक्रियालाई विस्थापित गरी विद्युतीय घरनक्सा पास प्रक्रियाको लागि विद्युतीय प्रणाली (ई विपिएस) को सुरुवात गर्न लागेको नगर प्रमुख घनश्याम पाण्डेले बताए ।

तुलसीपुरमा पत्रकार सम्मेलन गरेर पुस १ गतेदेखि विद्युतीय प्रणाली इविपिएस सुरु गर्न लागेको नगर प्रमुख पाण्डेले बताए । इविपिएस कार्यक्रम युएनडिपीको सिडिआरएमपी कार्यक्रम अन्तर्गत इनडोभेटिप सोलोसनको प्राविधिक सहयोग छ । यस प्रणालीमार्फत् नक्सा पास प्रक्रिया अगाडि बढाइने र भवन निर्माण अनुमित तथा मिसिल÷रेकर्डहरु विद्युतीय रुपमा अभिलेख राखिने छ ।

प्रणालीपार्फत् अनलाइन दर्ता, फाइल कहाँ पुगेको छ, सो कुराको ट्रयाकिङ गर्न सकिने छ । त्यस्तै भवन मापदण्डसम्बन्धी राष्ट्रिय भवन संहिता जाँच गर्न नक्सा पास बुक, संधियार, मुचुल्का, सर्जमिन समावेश रिपोर्ट हेर्न र प्रमाणपत्रहरु प्रिन्टजस्ता कार्य गर्नसकिने बताएको छ ।

प्रणाली कार्यान्वयनमा आएपछि फाइल बोकेर आउनु नपर्ने, पुराना मिसेलहरु हराउने समस्याको अन्त्य हुने र राजश्वको सिष्टमले हिसाब गर्ने भएकाले पारदर्शी हुनुका साथै परामर्शदाताहरुको नाम, ठेगाना तथा सम्पर्क नम्बर सिस्टममा राखिने भएकाले सेवाग्राहीले सहजै परामर्शदाता छनोट गर्न सकिने र नक्सा पास भएमा घरधनीले मोवाइलमा एसएमएस प्राप्त गर्ने जस्ता सुविधा पाइने प्रमुख पाण्डेले बताए ।

नगर प्रमुख पाण्डेले विद्युतीय प्रणालीले समयानुकुल सूचना प्रविधिको उपयोग गरी सेवाग्राहीहरुले घरमै बसेर कामको अवस्था बुझ्न र गुनासो समेत गर्न मिल्ने व्यवस्थाले सेवा प्रवाहमा प्रभावकारिता अभिबृद्धि गरी नगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्न थप मद्दत पुगी सुशासन अभिबृद्धिमा योगदान मिल्ने बताए । ‘हामीले सबै कुरा पेपरलेस गर्ने तयारीमा छौँ, विद्युतीय प्रणालीबाट घरनक्सा पास गर्नुका साथै अब प्रत्येक घरको अभिलेखीकरण पनि गर्ने तयारीमा छौँ’ प्रमुख पाण्डेले भने ।

उनले वडाका कच्ची–पक्की घरहरु सबैको रेकर्ड राख्ने तयारी गरेको भन्दै सबै वडामा इन्जिनियरहरु पठाइसकेको बताए । इन्जिनियर अखिल पोख्रेलले हाल तुलसीपुर करिब सात हजारको हाराहारीमा पक्की घरको नक्सापास भएको कच्ची घरहरुको पनि नक्सा पास गर्ने तयारी गरेको बताए ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस क्षेत्र नं. ३ का उपसभापति प्रमोद बस्नेत, राप्रपाका छोटीलाल थारु, उद्योग वाणिज्य संघ तुलसीपुरका उपाध्यक्ष मिनराज भण्डारी, पत्रकार सुशील पोख्रोललगायतले गाउँ–गाउँमा नक्सा नै पास नगरी घरहरु निर्माण भएको भन्दै उनीहरुको पनि तथ्याङ्क लिएर व्यवस्थित गर्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*