Home / Feature Breaking news / कांग्रेस लोकतन्त्र जोगाउन सडकमा : नेता महर

कांग्रेस लोकतन्त्र जोगाउन सडकमा : नेता महर

डडेल्धुरा, २० मंसिर । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कम्युनिष्ट सरकारबाट लोकतन्त्र बचाउनुपर्ने अवस्था आएको बताएका छन् ।

सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संबिधानभन्दा माथि जान खोजेको आरोप लगाए ।

गृह जिल्ला डडेल्धुरा पूगेका नेता महरले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा ७० वर्षको लामो संर्घषपछि प्राप्त उपलब्धीलाई नेकपाले तीन वर्षमै संकटमा पारेको आरोप समेत लगाए ।

सरकारप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका महरले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुब्र्यबहार लोकतन्त्रकै अपमान भएको र त्यसैको बिरोधमा कांग्रेस देशब्यापी बिरोधमा उत्रिएको बताए ।

‘लोकतन्त्रका लागि जीवनभर लडेको एउटा योद्धामाथि यसप्रकारको दुब्र्यबहार हुन्छ भने यो सरकारलाई कसरी लोकतान्त्रिक भन्ने रु’ नेता महरले प्रश्न गर्दै भने–‘सरकारले कहिले प्राध्यापक थुन्यो, कहिले चिकित्सकलाई अस्पतालबाटै उठायो, सांसद अपहरण ग¥यो, हुँदाहुँदा एउटा बरिष्ठ राजनीतिककर्मीलाई पक्राउ गरियो ।’ यो के हो रु

नेकपाभित्रको लेनदेनको राजनीतिले मुलुकलाई बन्धक बनाएको नेता मरहले बताए । ‘मुलुक महामारीको गम्भीर संकट झेलिरहेको छ तर सरकार र सत्तारुढ दल के गरिरहेको छ’ महरले भने–‘कसैलाई कुर्सी बचाउनुछ कसैलाई कुर्सी चाहिएको छ, जनता मरिरहेका छन् ।’

कांग्रेसको भूमिकाका सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता महरले प्रमुख प्रतिपक्षीका हैसियतका कांग्रेसले निरन्तर सरकारलाई खवरदाी गरिरहेको बताए । ‘समय र परिस्थितिले कतिपय कुुरा गर्न सकिएको छैन, तर यसको मतलव कांग्रेस चुप छ भन्ने होइन ।’

सत्ता स्वार्थका लागि एक भएका दुई कम्युनिष्ट पार्टीका कारण मुलुकको दुगर्ती भएको जिकिर गर्दै नेता महरले कम्युनिष्टहरुबाट समृद्धिको आश गर्नु भ्रममा बाँच्नु मात्रै भएको बताए ।

‘कम्युनिष्टहरु भ्रम छर्छन् र राज गर्छन्, यो नै उनीहरुको असली चरित्र हो’ महरले भने–‘झुट्टा सपनामा विश्वास गर्नु मतदाताको ठूलो भूल थियो, जुन वर्तामान सरकारले नै पुष्टि गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*