Home / समाचार / दंगीशरण गाउँपालिका एक हप्ता बन्द हुने

दंगीशरण गाउँपालिका एक हप्ता बन्द हुने

दाङ, २० कार्तिक । दंगीशरण गाउँपालिका कार्यालय एक साता सम्मको लागी बन्द हुने भएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्तिक २१ गते शुक्रवारदेखि आगामी कार्तिक २७ गते विहिवारसम्म कार्यालय बन्द हुने भएको हो ।

गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वलीले विहिवार एक सूचना जारी गदै कार्यालय र मातहतका शाखा कार्यालयबाट अति आबश्यक बाहेक अन्य सवै सेवा बन्द गरिएको जानकारी दिएकी छिन् ।

साथै जारी सुचनामा सेवाग्राहीमाथि पर्न गएको असुविधा प्रति क्षमाप्राथी रहेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*