Home / Feature Breaking news / कांग्रेस दाङद्वारा बीपी जन्मजयन्तीमा दश हजार मास्क सहयोग

कांग्रेस दाङद्वारा बीपी जन्मजयन्तीमा दश हजार मास्क सहयोग

दाङ, २४ भदौ । नेपाली कांग्रेसका सस्थापक एव प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औैं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस दाङले जोखिम युक्त क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दाङलाई १० हजार मास्क सहयोग गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा पुगेर कांग्रेस दाङका सभापती किर्तीवहादुर खडकाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजाललाई मास्क हस्तान्तरण गरेको हो ।

मास्क बुझ्दै रिजालले महामारीको समयमा कांग्रेसले गरेको सहयोगले मास्कले कोरोना विरुद्धको लडाइमा सहयोग मिल्ने बताए । बढी कोरोना सङक्रमण देखिएको स्थानमा प्रदान गरिने प्रमुख जिल्ला अधिकारीले बताए । सबैको सहयोगमा कोरोना विरुद्धको लडाइ लडन सकिने उनको भनाइ रहेको थियो ।

त्यस अवसरमा नेपाली काग्रेस दाङका जिल्ला सभापती किर्तीवहादुर खडकाले जिल्लाका सबै स्थनीय तहसम्म मास्क पु¥याउन आग्रह गरेका थिए । वढी सङक्रमित भएको स्थान तथा गरिब परिवारसम्म पु¥याउन आग्रह गरेका थिए ।

त्यस अवसरमा प्रदेश नं ५ का प्रदेश सभा सदस्य अर्जुनकुमार श्रेष्ठ, नेपाली काँग्रेस दाङका उपसभापती कमानसिंह भारती, जिल्ला सचिव शंकरप्रसाद डाँगी, क्षेत्र नं २ का सभापती भुपवहादुर डाँगी, घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेयलगायतका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*