Home / Feature Breaking news / चार जिल्लामा विपन्नका लागि २ सय ५२ घर निर्माण

चार जिल्लामा विपन्नका लागि २ सय ५२ घर निर्माण

दाङ, २३ भदौ। साविक राप्तीका चार जिल्लामा दुई वर्षको अवधिमा प्रदेश सरकारबाट गरिबका लागि दुई सय ५२ वटा घर निर्माण भएका छन्।
५ सय ३५ बढी घर निर्माणधीन अवस्थामा रहेका छन्।

आर्थिक वर्ष २०७५/०७६ मा जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश ५ सरकारको भौतिक पूर्वाधार मन्त्रालयले राप्तीका दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम जिल्लामा विपन्न परिवारका लागि २ सय ५२ वटा घर निर्माण गरेको सहरी विकास तथा भवन निर्माण कार्यालय दाङका प्रमुख आनन्दकुमार देवले जानकारी दिएका छन्।

उनका अनुसार दाङमा १ सय ९२ वटा, प्यूठानमा ३५ वटा, रोल्पामा २१ वटा र पूर्वी रुकुममा ५ वटा घर निर्माण गरिएको छ। बाँकी घर निर्माणका क्रममा रहेको समेत उनले बताए।

आर्थिक वर्ष २०७६/०७७ मा छनोट भएका ५ सय ३५ घर निर्माणाधीन अवस्थामा रहेको समेत बताए। जसअन्तर्गत दाङमा २ सय ६७ घर, रोल्पामा १ सय १२ घर, प्युठानमा १ सय १० घर र पूर्वी रुकुममा ४६ वटा घर निर्माण हुँदैछन्।

कार्यालय प्रमुखका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा जनता आवास कार्यक्रमअन्तर्गत चार जिल्लामा गरिब परिवारका लागि घर निर्माणका लागि ६५ घर छनोट भएका समेत बताए।

विपन्न परिवारलाई आवासीय सुविधा पु¥याउने उद्देश्यले सरकारले गरिब परिवारको घर निर्माणको काम गर्दै आएको छ।

त्यसअन्तर्गत आफ्नो जग्गा भएका तर आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका दलित, विपन्न मुस्लिम, सीमान्तकृत, अल्पसंख्यकलगायतका समुदायका लागि घर निर्माण गर्दै आएको सहरी विकास तथा भवन निर्माण कार्यालय दाङका प्रमुख देवले जानकारी दिएका छन्।

घर निर्माणका लागि कार्यालयले प्रत्येक परिवारलाई चार किस्तामा तीन लाख ३६ हजार रुपैयाँ दिने गरेको छ।

आर्थिक वर्ष २०७६/०७७ सम्म प्रतिघर ३ लाख ३२ हजार ५ सय रुपैयाँ दिने गरे पनि आर्थिक वर्ष २०७७/०७८ बाट प्रत्येक परिवारलाई केही रकम बढाएर तीन लाख ३६ हजार रुपैयाँ दिने गरेको उनले बताए।

घर निर्माणका लागि सम्बन्धित परिवारले श्रमदान गर्ने व्यवस्था कार्यविधिले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*