Home / Feature Breaking news / कमल गाउँलेको गाईजात्रा ‘के के हुने हो ?’ सार्वजनिक (भिडियोसहित)

कमल गाउँलेको गाईजात्रा ‘के के हुने हो ?’ सार्वजनिक (भिडियोसहित)

दाङ, ८ साउन । हाँस्य कलाकार कमल गाउँलेले नयाँ गाईजात्रा के के हुने हो ? को भिडियो सार्वजनिक गरेका छन् । उनको यो २०औँ गाईजात्रा हो । उनले बजारमा ल्याएको गाईजात्राको नाम ‘के के हुने हो ?’ छ ।

गाउँले विहीवार घोराहीमा पत्रकार सम्मेलन गरेर २०औँ गाईजात्रा ‘के के हुने हो ?’ सार्वजनिक गरेका हुन् । सो भिडियोको प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलगायतले युट्युवमा भिडियो क्लिक गरेर सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बोल्दै शर्माले विकृति र वेथितिका विरुद्ध गाईजात्राले तीखो प्रहार गरेको बताएका थिए । सुन्दर र समृद्ध समाज निर्माण आजको आवश्यकता भए पनि विकृति, विसंगति र भ्रष्टाचार बढिरहेको बताए । ‘विकृति, विसंगति र भ्रष्टाचारको अन्त्यका लागि जति बोले पनि रुक्दैन, जति लेखे पनि घट्दैन, गाउँदा पनि घट्दैन ?’ पूर्व अध्यक्ष शर्माले भने–‘यसमा बारेमा सचेत युवावर्गले सोच्न आवश्यक छ ।’

देशको नेतृत्व गर्ने मूलतन्त्र नसच्चिँदा तत्कालीन राणा शासनको समयदेखि सुरु भएको गाईजात्राका माध्यमबाट अहिले पनि विकृति, बेथिति र भ्रष्टाचारका विरुद्धमा बोल्नुपरिरहेको बताएका थिए । कार्यक्रम सञ्चालन पत्रकार निमुसंगम घर्तीले गरेका थिए ।

२०५७ सालमा ‘महापुराण’ नामक गाईजात्रा निर्माण गरेर गाईजात्रा निकाल्न सुरु गरेका गाउँलेको यो २०औँ शृङ्खला हो । २० वर्ष पहिले विकृति र विसंगतिका विरुद्ध गाईजात्रा निकाल्न सुरु गरेको भन्दै गाउँलेले अहिले पनि उही अवस्था रहेको बताए । ‘गाईजात्राका माध्यमबाट देशमा भइरहेका विकृति र विसंगतिका विरुद्ध मैले २० वर्षअघि गाईजात्रा निकाल्न सुरु गरेको थिएँ, गाईजात्राका माध्यमबाट नेताहरुको व्यङ्ग्य गरेपछि सुध्रिएलान् भन्ने अपेक्षा थियो’–उनले भने–‘तर अवस्था सुध्रिएन, झन दिनदिनै गाईजात्राहरु हुन थाले, यो दुःखद पक्ष हो ।’

गाईजात्रा भनेको कलाको माध्यमबाट राज्यको विकृति र विसंगतिको विरोध गर्ने माध्यम भएको समेत बताए । गाउँलेले यसभन्दा पहिलेका गाईजात्राहरु राजधानी केन्द्रीय भए पनि लकडाउनका कारण २०औँ शृङ्खलाको लेखन, सुटिङ र इडिटिङलगायतको सम्पूर्ण काम दाङमै भएको बताए । गाउँलेले आफ्नै युट्युव च्यानलबाट गाईजात्रा सार्वजनिक गरेका हुन् ।

गाईजात्राको डिभियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*