Home / Feature Breaking news / तीन जना छोराछोरीसहित आमाद्वारा आत्महत्याको प्रयास

तीन जना छोराछोरीसहित आमाद्वारा आत्महत्याको प्रयास

दाङ, १४ असार

श्रीमानसँग झगडा हुँदा एक महिलाले तीन बालबालिकाहरुसहित खोलामा हाल फालेकी छिन् ।

श्रीमानले मापसे गरेर घरमा आएको समयमा झगडा भएपछि नाबालक छोराछोरीहरुसँगै खोलामा हाम फालेर आत्महत्याको प्रयास गरेको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
अर्घाखाँची जिल्लाको पाणेनी गाँउपालिका वडा नम्बर.३ हर्राबोटकी २५ वर्षकी पबिता नेपालीले श्रीमानसँगको झगडाको कारण आफ्ना तीन जना बच्चा सहित चौरेखोलामा हाम फालेको प्रहरीले जानकारी दिएको छ ।

६ वर्षीय छोरी, ४ वर्षको छोरा र १५ महिनाको छोरासहित खोलामा हाम फालेको र उनीहरुलाई खोलाले बगाईरहेको समयमा देखेपछि उद्धार गरेका थिए । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*