Home / Feature Breaking news / राेल्पामा काेराेना संक्रमीतकाे संख्या ३५ पुग्याे

राेल्पामा काेराेना संक्रमीतकाे संख्या ३५ पुग्याे

रोल्पा, ३१ जेठ

रोल्पामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । बाँकेको भेरी अस्पतालमा शनिबार गरिएको परीक्षणमा थप १७ जना संक्रमित भेटिएसँगै संक्रमितको संख्या ३५ पुगेको हो ।

संक्रमितहरु रोल्पा नगरपालिका,सुनिलस्मृति गाँउपालिका,पूर्वी रोल्पाको सुनिलस्मृति र खुंग्रीका छन् ।

रोल्पा नगरपालिकामा भेटिएका संक्रमितहरुलाई लिवाङस्थित जलजला बहुमुखी क्याम्पसमा बनाइएको आइसोलेसन केन्द्रमा राखिएको छ ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका हुन्। रोल्पामा अहिलेसम्म करिब १ हजार ५ सय मानिस भारतबाट आएकोमा सबै क्वारेन्टाइनमा छन् ।

यसअघि काठमाडौं र भारतबाट आएका करिब ९ हजारलाई कम्तीमा २ सातासम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*