Home / प्रवास / मोदीले गरे दुई मिनेट मौनधारण, भने- जवानको बलिदान व्यर्थ जाने छैन

मोदीले गरे दुई मिनेट मौनधारण, भने- जवानको बलिदान व्यर्थ जाने छैन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ सैनिकहरूसँगको झडपमा परी मृत्यु भएका २० सैनिकको सम्मानमा २ मिनेट मौनधारण गरेका छन्।

बुधबार कोरोनाभाइरसको नियन्त्रणका सम्बन्धमा मुख्यमन्त्रीहरूसँगको भर्चुअल मिटिङको सुरूमा मोदीले दुई मिनेट मौनधारण गरेका हुन्।

मौनधारणपछि सम्बोधन गर्दै उनले भारतीय सैनिकले गरेको बलिदानी खेर जान नदिने बताए।

‘वीरता हाम्रो देशको चरित्रको हिस्सा हो। भारत आफ्नो देशको सम्प्रभुताको रक्षा गर्न सक्षम छ, यसमा कुनै पनि देशलाई भ्रम नहोस्,’ मोदीले भने,‘हामी शान्ति चाहन्छौं तर कसैले हामीलाई उक्साउँछ भने त्यसको जवाफ दिन पनि सक्षम छौं।’

उनले चीनसँगको मतभेदलाई विवादमा बदलिन नदिन सधैँ प्रयास गरेको बताए।

‘समय आएपछि देशको सम्प्रभुताको रक्षा गर्न हामीले आफ्नो क्षमता प्रस्तुत गर्‍यौं,’ उनले भने,‘भारतको सम्प्रभुता हाम्रा लागि सर्वोच्च छ। त्यसको रक्षा गर्न हामीलाई कसैले रोक्न सक्दैन। म देशवासीलाई भरोसा दिलाउन चाहन्छु( हाम्रा जवानको बलिदान व्यर्थ जाँदैन।

उनले सोमबार राति लद्दाखको गल्वानमा भएको झडपमा परी मरेका सैनिकप्रति गर्व महशुस गरेको बताए।

‘दिवंगतप्रति गर्व छ किनकी उनीहरू मार्दामार्दै मरे,’ मोदीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*