Home / Feature Breaking news / फेसवुकमार्फत जरायोको सुकुटी खान निम्ता दिने व्यक्ति पक्राउ

फेसवुकमार्फत जरायोको सुकुटी खान निम्ता दिने व्यक्ति पक्राउ

दाङ,१२ बैशाख । दाङमा जरायोको सुकुटी खान फेसवुकमार्फत निम्ता दिने एक व्यक्तिलाई वन कार्यालयले पक्राउ गरेको छ । दाङको गढवा गाउँपालिका– ६ निवासी ३५ बर्षीय शिबराज पुनलाई डिभिजन वन कार्यालयल देउदखुरीले पक्राउ गरेको हो ।

पुनले बिहीवार आफ्नो फेसवुकवालमा‘ लकडाउनको सदुपयोग गरौं, मेरो घरमा जरायोको सुकुटी खान आउनुस स्वागत छ’ भनेर स्ट्याटस लेखेका थिए । फेसवुक स्ट्याटसको बारेमा डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछी पुनलाई पक्राउ गरेर अनुसन्धान थालिएको डिभिजनल वन कार्यालय लमहीका प्रमुख प्रविण बिडारीले जानकारी दिएका छन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कानुनी कारबाहीको प्रक्रिया अघी बढाइएको प्रमुख बिडारीले बताए । पक्राउ गरिएका व्यक्तिलाई आवश्यक वेलामा उपस्थित हुने सर्तमा वडा अध्यक्षको जिम्मा लगाएर छाडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*