Home / Feature Breaking news / कम्युनिष्ट सरकारबाट गणतन्त्रमाथि प्रहारः नेता हमाल

कम्युनिष्ट सरकारबाट गणतन्त्रमाथि प्रहारः नेता हमाल

दाङ,५ असोज । नेपाली काङ्ग्रेसका नेता सुरेन्द्र हमालले कम्युनिस्ट सरकारले नेपालको लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिरहेको बताउनु भएको छ । नेपाली काङ्ग्रेसको रास्ट्रिय जागरण अभियान अन्तर्गत आइतवार दाङ क्षेत्र नम्बर ३ क को आयोजनाम तुलसिपुर १३ मजघतुवामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय प्रतिनिधि समेत रहेका प्रदेश सासद हमालले सरकार र सरकारमा आवद्ध नेकपाका कार्यकर्ताहरु लोकतान्त्रिक संस्कार बिपरित अघि बधिरहेको बताउनु भएको हो।

प्रदेश ५ का काङ्ग्रेस सचेतक हमालले फरक बिचार राख्ने माथि आक्रमणमा उत्रने नेकपाको गतिबिधिकै कारण कम्युनिस्ट समाप्तीतर्फ अघि बढिी सकेको दाबी गर्दै पार्टीलाई शशक्त बनाउन थप भाबनात्मक एकता अपरिहार्य रहेको दाबी गर्नुभयो। कार्यकमम नेता कार्यकर्ताहरुले केन्द्रदेखि नै अनुशासन फितलो भएकाले पार्टीमा छडापना सिर्जना भएको भन्दै अनिशासनको पाटोलार्इ कडार्इका साथ अघि बढाउन आबश्यक रहेको बताएका थिए।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर ३ क क सभापति घनश्याम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस क्षेत्रिय सभापति जगतबहादुर खड्का, काङ्रेस जिल्ला सदस्य हरिहर पौडेल, स्थानीय काङ्ग्रेस नेतृ सन्ध्या वलीलगायतले आफ्नो धारणा राख्नु भएको थियो। नेपाली काङ्ग्रेसका इकाई सभापति डम्बरबहादुर न्यौपानेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा काङ्ग्रेस जिल्ला सदस्य ताराबहादुर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण काङ्ग्रेस क्षेत्रिय सचिब चुर्ण बहादुर चौधरीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*