Home / Feature Breaking news / जनता जनार्दन हुनः कांग्रेस नेता गिरी

जनता जनार्दन हुनः कांग्रेस नेता गिरी

दाङ, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्वमन्त्री दीपक गिरीले जनताको मतलाई पार्टीले सधैं भरी उच्च मुल्यांकन गर्ने बताएका छन ।

सोमबार तुलसीपुरमा स्थानीय पत्रकारहरुसँग भेटमा बोल्दै केन्द्रीय सदस्य गिरीले निर्वाचन सम्पन्न भैसकेको अबस्थामा सबै मतदाताहरुलाई धन्यवाद भन्दै पार्टीले मतदाताको आशा र भरोसालाइ कहिल्यै पनि टुट्न नदिने बताएका थिए । नेता गिरीले पार्टीको एकताबद्ध रणनीति र गाउँ गाउमा जनताको उत्साहलाई नेपाली कांग्रेस कहिल्यै पनि भुल्ने छैन ।

उनले अन्तिम पटक पश्चिम दाङका जनताहरुले दुई तिहाईको सरकारलाई समर्थन गरेको भन्दै जनभावना अनुसार काम गर्न नसके सदाका लागि दाङका तिनवटै निर्वाचन क्षेत्रमा कांग्रेसको बिजयी निश्चित भएको समेत बताएका थिए । नेता गिरीले भने,‘मौन अबधिमा गाउँ गाउँमा हतियार प्रदर्शन गरि जनतामा त्रास फैलाएकोले पश्चिम दाङमा आफुहरुले पराजय भोग्नु परेकोे छ ।’

सरकारले सत्ता र शक्तिको बलमा जनता आतंकित पारेर नेकपाले चुनाव जितेको तर बिकास र शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा जनताको मन जित्न नसक्दा जनतामा दिनानुदिन निरासा थपिदै गएको बताएका हुन । नेता गिरीले आफु लोकतान्त्रिक दलको सिपाही भएकोले हारलाइ सहजै स्वीकार गरेको समेत बताए ।

नेपाली काग्रेसका नेता तथा उम्मेदवार केशब आचार्यले नेकपाकी बिजयी उम्मेदवार बिमला वलीलाई बधाई दिएका छन । उनले प्रदेशसभा निर्वाचित वलीलाई लगत्तै सामाजिक सजाल र टेलिफोन गरेर बधाई दिएका हुन । नेता आचार्यले आम मतदाता, शुभेच्छुक ,देश बिदेशमा रहेका सम्पूर्ण महानुभाब, कुटनीतिक नियोग सुरक्षाकर्मी ,पत्रकार ,विभिन्न सङघ सङगठन र पार्टीका सबै शुभेच्छुक सस्थालाई समेत धन्यवाद दिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*