Home / Feature Breaking news / दाङ क्षेत्र न ३ (ख) मा विमला ओली बिजयी

दाङ क्षेत्र न ३ (ख) मा विमला ओली बिजयी

दाङ, १६ दाङ ।

दाङ क्षेत्र न ३ (ख)मा नेकपाकी उम्मेदवार बिमला कुमारी खत्री ओली बिजयी भएकी छिन ।

उनले नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतले पराजित गर्दै प्रदेश सभा सदस्यमा बिजयी भएकी हुन । विमला कुमारी खत्री ओलीले २४ हजार २ सय ८६ मत ल्याएर प्रदेश सभा सदस्यमा बिजयी भएकी हुन ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार केशबराज शर्मा आचार्यले १९ हजार एक सय ८२ मत ल्याएर पराजित भएका छ्न । ओली स्वर्गीय प्रदेश सभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुन । आइतबार राती १२ बजे मतगणना सकिएको थियो ।

राप्रपाका भुपाल रावतले २ सय २५,राप्रपा संयुक्त छोटीलाल थारुले १सय ३८, नेकपा मालेका हरिप्रसाद डांगीले १ एक सय ३ ,साझा पार्टीका शिवकुमार चौधरीले २ सय ६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वर्नकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरी ९०,लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत प्राप्त गरेका छन भने कांग्रेस बिपी पार्टीका दिपक कुमार धितालले २ मत प्राप्त गरेका छन ।

स्वतन्त्र उम्मेदवार गोबिन्द केसी २ र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले ४ मत प्राप्त गरेका छ्न । उननिर्वचनमा ४५ हजार ७ सय १८ मत खसेको छ । जसमा ७ सय ९७ मत बदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*