Home / Feature Breaking news / नेकपाकी बिमला ओलीलाई करिव तीन हजार मतको अग्रता

नेकपाकी बिमला ओलीलाई करिव तीन हजार मतको अग्रता

मंसिर १५, दाङ । दाङ क्षेत्र नं. ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार बिमला कुमार खत्री ओलीले अग्रता कायम गरेकी छिन ।

ओलीले नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई दुई हजार ९ सय ७७ मतले पछि पार्दै अग्रता कायम गरेकी छिन ।

ओलीले खसेको २१ हजार एक सय ८७ मत गणना गर्दा ११ हजार ६ सय ८२ मत ल्याएर लिड गरेकी छिन । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार आचार्यले ८ हजार सात सय ५ मत ल्याएका छन ।

ओली सोही क्षेत्रबाट निर्वाचित स्वर्गीय उत्तरकुमार ओलीकी पत्नी हुन । निर्वाचन क्षेत्र नं. ३ (ख)मा ४५ हजार सात सय १८ मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*