Home / Feature Breaking news / घोराही–१६ मा कांग्रेसका उम्मेदवार डाँगी बिजयी

घोराही–१६ मा कांग्रेसका उम्मेदवार डाँगी बिजयी

दाङ,१५ मंसिर । घोराही उपमहानगरपालिका वडा नं.१६ नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा बिजयी भएका हुन ।

कांग्रेसका उम्मेदवार डाँगीले १२२२ मत प्राप्त गरि बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका थिए । डाँगीले प्रतिष्प्रर्धीलाई एक सय ५ मतले पछि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७ सय २० मत ल्याएर तेश्रो भएका थिए । त्यस्तै संघीय समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका थिए ।

वडा नं. १६ मा ४ हजार ४ स्थानमा ५३ मतदाता मध्य ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा यो वडामा नेकपा एमालेका लछिनप्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधन भएपछि वडा नं. १६ मा उपनिर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*