Home / Feature Breaking news / दुई बस एक आपसमा ठोक्किदा २२ जना यात्रु घाइते

दुई बस एक आपसमा ठोक्किदा २२ जना यात्रु घाइते

दाङ, ४ कार्तिक । घोराही–लमही सडक खण्डमा भएको सवारी दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन । आज सोमवार बेलुकी घोराही उपमहानगरपालिका वडा नं.३ को बर्गदुवाचोकमा भएको सवारी दुर्घटनामा परि २२ जना यात्रुहरु घाइते भएका हुन ।

घोराहीबाट नेपालगंजतर्फ गैरहेको ना ५ ख ३९५६ नम्वरको बस र लमहीबाट घोराही आउँदै गरेको लु १ ख ९६७९ नम्वरको बस एक आपसमा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

दुर्घटनामा २२ जना यात्रुहरु घाइते भएपनि उनीहरुको पहिचान भने हुन सकेको छैन । प्रहरी नायव उपरिक्षक शाहका अनसार घाइतेहरुको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*