Home / Feature Breaking news / मार्शल आर्टसमा प्रदेश नं. ५ को टिम प्रथम

मार्शल आर्टसमा प्रदेश नं. ५ को टिम प्रथम

दाङ,४ कार्तिक । ‘सहिद स्मृति मार्शल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगितामा प्रदेश नं. ५ को टिम प्रथम भएको छ । रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा भएको ‘सहिद स्मृति मार्शल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’मा प्रदेश नं. ५ को टिम प्रथम भएको हो ।

परिवर्तन गाउँपालिकाको पुत्लाचौरमा भएको प्रतियोगितामा ८ स्वर्णसहित प्रदेश नं. ५ पहिलो भएको हो । प्रथम भएको प्रदेश नं. ५ को टिमले मेडल,ट्रफि र प्रमाणपत्र हात पारेको हो । त्यस्तै ६ स्वर्णसहित प्रदेश न. ३ दोस्रो स्थान र २ स्वर्णसहित कर्णाली प्रदेशको टिमले तेस्रो भएको हो । प्रतियोगितामा पुरुषतर्फ प्रदेश न. ३ का बिशाल खड्का र महिलातर्फ प्रदेश न. ५ कि खेलाडी गंगा घर्ती मगरले बेस्ट प्लेयरको उपाधि जितेका हुन । प्रतियोगितामा बेस्ट रेफ्रि भुवन बुढामगर बनेका थिए ।

dd

यहि कार्तिकको १ र २ गते सञ्चालन भएको प्रतियोगितामा सात प्रदेशका सात टिम र आयोजक टिम गरी जम्मा ८ टिमको सहभागिता थियो । प्रत्येक टिममा १६ खेलाडी समावेश गरिएको थियो । पुरुष तर्फ ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० केजी तौल समुहका खेलाडी सहभागि भएका थिए । त्यसै गरि महिलातर्फ पनि सोहि तौल समुहले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, उदयमान खेलाडी, प्रशिक्षक र निर्णायकलाई दश दश हजार नगदसहित सम्मान गरिएको थियो भने टिम प्रथम, द्धितिय र तृतियलाई आर्कषक ट्रफी, प्रमाण पत्र तथा नगद पुरस्कारको व्यवस्था गरिएको थियो । रोल्पा मार्शल आर्टस् हाप्किडो संघका अध्यक्ष यमुना घर्ति भएको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका थिए भने बिजयी खेलाडीहरुलाई परिवर्तन गाउँपालिकाका अध्यक्ष निमकान्त डागी ‘जिजंग’ले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*