Home / Feature Breaking news / श्रवणदृष्टि विहिन संघ दाङको अध्यक्षमा थापा

श्रवणदृष्टि विहिन संघ दाङको अध्यक्षमा थापा

दाङ,३ कार्तिक । श्रवणदृष्टि विहिन संघ दाङको अध्यक्षमा भीमबहादुर थापा चयन भएका छन । आइतवार घोराहीमा भएको संघ प्रथम साधारणसभा तथा अधिवेशनले थापाको अध्यक्षमा सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा टिकाराम भुषाल, सचिवमा सुकशान्ति रोका, कोषाध्यक्षमा भिमा वली रहेका छन । त्यस्तै सदस्यहरुमा डोटीराम कुँवर, खुमबहादुर विक, सरिता बानियाँ रहेका छन ।
श्रवणदृष्टि विहिन संघ दाङ तदर्थ समितिका अध्यक्ष प्रशान्त कठायतको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिक्देल न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले श्रवणदृष्टि विहिन व्यक्तिहरु समस्यै समस्यामा रहेको बताएका थिए । शिक्षाको कमिका कारण श्रवणदृष्टि विहिनहरु घरपरिवार,समाजदेखि सरकारी कार्यालयमा कामका लागि जादा अपहेलित हुनु परेकाले त्यस्ता व्यक्तिहरुलाई शिक्षाका लागि राज्यले सहयोग गर्नुपर्ने बताएका छन ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख सिता सिक्देल न्यौपानेले श्रवणदृष्टि विहिन अपांगहरु अपांगताभित्रका पनि अपांगहरु रहेको बताइन । अपांगता भएका व्यक्तिहरुका लागि घोराही उपमहानगरपालिकाले परिचय पत्र वितरण गर्दा श्रवणदृष्टि विहिनलाई प्राथमिकता दिने समेत बताइन ।

कार्यक्रममा श्रवणदृष्टि विहिन संघका केन्द्रीय अध्यक्ष आशा गुरुङ, गुरुजजूर माध्यामिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक प्रमोद आचार्य, पत्रकार लिलाधर वली, सिर्जना बस्नेतलगायतले बोलेका थिए । कार्यक्रममा दोभासेको काम स्मृति योगीले गरेकी थिइन । कार्यक्रममा प्रदेश नं. ५ का १२ जिल्लाका श्रवणदृष्टि विहिन व्यक्तिहरुको सहभागिता रहेको छ । सरिता बानियाँको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण कृतन दुवालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*