Home / Feature Breaking news / दाङमा थारु साँस्कृतिक संग्राहलय स्थापना

दाङमा थारु साँस्कृतिक संग्राहलय स्थापना

दाङ,१६ असोज । थारु जातिको कला सस्कृति,रितिरिवाज,परम्परा,भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली झल्काउने उद्देश्यले स्थापना गरिएको थारु सास्कृतिक संग्राहलयको उद्घाटन गरिएको छ ।
दंगीशरण गाउँपालिका–३ चखौरामा स्थापना भएको संग्राहलय पछिल्लो समय आन्तरिकको पर्यटकिय केन्द्रका रुपमा समेत विकास हुन थालेको छ ।

6

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले संग्राहलयको सवलीकरणकालागि ६५ लाख रुपैयाँ सहयोग गरिएपछि सांस्कृतिक संग्राहलयलाई थप व्यवस्थीत गर्ने काम गरिएको छ । थारु संग्राहलयमा थारु जातिको कला,सस्कृति, रितिरिवाजसँगै थारु जातिका प्रथम राजा दंगीशरणको प्रतिमा समेत स्थापना गरिएको छ ।

7

थारु जातिको उद्गम स्थलका रुपमा रहेको दाङलाई थारु जातिको कला,सस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले थारु संग्राहलय स्थापना गरिएको सांसद डिल्लीबहादुर चौधरीले बताए ।

IMG_6238

 

त्यही उद्देश्य अनुसार साँस्कृतिक संग्राहलयमा दाङका थारु समुदालयले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहनाहरु, थारु जातिले प्रयोग गर्ने पैसा, काठका चप्पल, माटाका भाडाहरु, ढकिया, गुन्दी,जोत्न र खन्नलाई प्रयोग गरिने हलो, जुवा, फरुवा,हसिया, कोदालोलगायतका सामग्रीसँगै नृत्य झल्काउने तस्वीरहरु राखिएको बताए ।

4 ‘थारु संग्राहलयमा पूर्वदेखि पश्चिमसम्मका थारु जातिको पहिचान,कला सस्कृति झल्काउने मुर्तिदेखि चित्रहरु रहेका छन’,सांसद चौधरीले भने,‘यसले थारु जातिको जन्मदेखि मृत्युसम्मको परम्परालाई अध्ययन गर्न चाहने व्यक्तिहरुलाई समेत सहयोग पु¥याउनेछ ।’ चार विगाह क्षेत्रफलमा फैलिएको साँस्कृतिक संग्राहलमा थारु जातिले राज्य गर्दाका विभिन्न चरणहरु देख्न सकिने बताए ।

2

त्यस्तै उनले यो संग्राहलयलाई दाङका थारु जातिको मात्र नभएर नेपालकै थारु जातिको नमूना केन्द्रका रुपमा विकास गरिने समेत बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले थारु साँस्कृतिक संग्राहलयले थारु जातिको कला,सस्कृति र पहिचान संरक्षणमा विशेष महत्व राख्ने बताए

1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*