Home / Feature Breaking news / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भत्ता दिइने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भत्ता दिइने

घोराही, १६ असोज

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुति सेवाका लागि आउने महीलाहरुका लागि सुत्केरी भत्ता पुनः सुचारु हुने भएको छ ।

तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्ता समेत वितरण हुन सकेको थिएन् ।

स्वास्थ्य मन्त्रालयले बजेट दिएपछी प्रतिष्ठानले कार्तिक १ गतेबाट प्रसुति सेवा लिन आउने महिलाहरुका लागि सुत्केरी भक्ता दिने भएको हो ।

स्वास्थ्य मन्त्रालयवाट यसै हप्ता २ करोड बजेट निकासा भएको र कार्तिक १ गतेबाट सरकारले दिदै आएको १८ सय रुपैयाँ सुत्केरी भक्ता दिइने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रशाद प्याकुरेलले जानकारी दिनु भयो ।

यसैविच प्रतिष्ठानले आफुले दिने ओपिडि र इमरजेन्सि शुल्कमा हेरफेर गरेको छ । यसअघि ओपिडि शुल्क २५ र इमरजेन्सि शुल्क ३० लिदै आएकोमा कार्तिक १ गतेदेखी ओपिडि शुल्कमा ६० र इमरजेन्सि शुल्कमा ८० कायम गरेको छ ।

शुल्क बृद्धि सम्वन्धि रिटमा उच्च अदालत तुलसिपुरले रिट खारेज गरेर शुल्क हेरफेर गर्ने अधिकार प्रतिष्ठानलाई दिएपछि प्रतिष्ठानले नयाँ शुल्क कायम गरेको रजिष्टार प्याकुरेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*