Home / समाचार / नरेन्द्र भाट एनआरएनए कतारबाट आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने

नरेन्द्र भाट एनआरएनए कतारबाट आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने

गैर आवासीय नेपाली संघ (एनआरएनए ) भन्ने वित्तिकै यो एउटा छाता संगठन भन्ने बुझिन्छ । विश्वभर छरिएर रहेका नेपालीहरुको आस्थाको धरोहर हो । यो अहिले विश्वका ८० वटा देशहरुमा रहेको छ । यस संस्थाको नेपालका लागि नेपाली भन्ने मुलमन्त्रका साथ २००३ मा बेलायतबाट सूरुवात भएको हो ।

२००२ बाट कतारमा बस्दै विभिन्न आरोह अवरोह घुम्ति मोडहरुलाई पार गर्दै आफ्नो व्यपार व्यवसायलाई अगाडि बढाउदै नरेन्द्र भाट एनआरएनए कतारमा रहेर आफ्नो तर्फबाट विभिन्न तह र तप्काबाट संस्थामा एउटा ईमान्दार कर्तव्य निष्ठ भई काम गर्दै २००७ – २००९ सम्म कतारको महासचिवको पदमा रहि काम गरे ।

उनको लगनसिल्ता र मेहनतलाई मूल्यंकन गर्दै फेरी २००९- ०११ अक्ष्यक्षको कार्यकालको लागि चुनिनु भयो । सफल कार्यकाल पछि संस्थाको निती, नियम र मुल्य मान्यतालाई अंगिकार गर्दै सकृय रुपमा कार्यकाल विताई फेरी २०११- ०१३ सम्म संयोजकको रुपमा एनआरएनएमा रहि मध्यपूर्वको हरेक नेपालीहरुको नजिक रहि साँझा समस्याहरुको सम्वोधन गर्न साथै अधिकारका लागि एकबद्ध भै अगाडी बढ्न प्रोत्साहन गरे ।

भाटको कार्य यत्तिमा मात्र सिमित रहेन तत्पश्चात २०१३ ०१५ को लागि आईसीसी उपाध्यक्षमा उम्मेदवार साथैै सल्लाहकार भएर पनि संस्थालाई अगाडी बढाउँन र सम्पूर्ण एनआरएनहरुको साँझा मुद्धाहरुमा आफ्नो भूमिका निर्वाह गर्दै पून: २०१५- ०१७ का लागि आईसीसी उपाध्यक्ष साथै संगठनको सल्लाहकारकै पदमा रहि आफ्नो भूमिका निर्वाह गर्दै संगठन प्रति बफादार भएर अघि बढीरहे । यस पछि भाटको संगठनमा रहेर काम गर्नेमा कुनै किसीमको दुर्वल्ता रहेन ।

अहिले पनि उनले संगठनमा एउटा सम्मननीय सल्लाहकारको रुपमा रहि निरन्तर रुपमा संगठनलाई आफ्नो तर्फबाट टेवा पुर्याउँदै आइरहेका छन । अहिले पून: आईसीसी उपाध्यक्षको लागि उम्मेदवारी दिने मनसाय रहेकाे बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*