Home / Feature Breaking news / चिकित्सकको लापरवाहीले प्रतिष्ठानमा महिलाको मृत्यु

चिकित्सकको लापरवाहीले प्रतिष्ठानमा महिलाको मृत्यु

दाङ,९ असार । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापवार्हीका कारण एक महिलाको मृत्यु भएको छ । ज्वरो र पखालाका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका वडा नं. ७ सिरुखर्क निवासी ४९ वर्षीया भिमी सारुमगरको सोमबार विहान मृत्यु भएको हो ।

शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा भर्ना भएका भिमीकी थिइन । अस्पतालमा करिव तीन घण्टा आकष्मिक कक्षामा भर्ना भएकी सारुमगरलाई स्वास्थ्यमा सुधार आएपछि अस्पतालले वार्डमा भर्ना गरेको थियो । आइतवार राति पिसाव विरामीको पिसाब रोकिएर छटपटाउन थालेपनि अस्पतालमा निकित्सक नहुदा विरामीको मृत्यु भएकोे मृतकका श्रीमान टिकाराम सारुमगरले बताए । ‘हिजोसम्म बोल्ने, सौचालय जाने गरेकी थिइन, राती एक्कासी पिसाव रोकिएर छटपटाउन थालिन,’ श्रीमान सारुमगरले भने,‘विरामी छटपटाउन थालेपछि सुरुमा नर्सलाई बोलायौँ । तर उनले आफुलाई सुत्न पनि नदिने भन्दै हामीलाई गाली गरिन ।’प्रतिष्ठानमै डिउटीमा रहेकी नर्सलाई पटक पटक बोलायौँ उनी आइनन्, उनी नआएपछि डाक्टर बोइदिन आग्रह ग¥यौ तर राति कोही पनि आएन ।

‘बिहान साढे छ बजेतिर एक जना डक्टर आउनुभयो’,उनले भने,‘डाक्टर आएको केही समयपछि ७ बजेतिर मृत्यु भएको थियो ।’ मृतकको शव अस्पतालको जनरल वार्डबाट अझै उठाइएको छैन् । पखालाको विरामी भएको रक्तचाँप कम भएका कारण विरामीको मृत्यु भएको डा.जितनारायण यादवले जानकारी दिए । ‘बिरामीको मृगौलामा समस्या देखिएको थियो । पखला लाग्ने र रक्तचाँप कम थियो’,उनले भने,‘ त्यहीका कारण विरामीको मृत्यु भएको हुन सक्छ ।’ विरामीको मृत्यु भईसकेपनि अझै प्रतिष्ठानले मृतकका आफन्तलाई मृत्युको कारणबारे केही जानकारी दिएको छैन श्रीमान टिकारामले बताए । घटनापछि प्रतिष्ठान परिसरमा प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*