Home / Feature Breaking news / महाअभियोगबाट जोगिन अख्तियारका आयुक्त पाठकद्वारा राजीनामा

महाअभियोगबाट जोगिन अख्तियारका आयुक्त पाठकद्वारा राजीनामा

काठमाडौँ,३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

पाठकमाथि संसदले महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला उनले राजीनामा दिएका हुन् ।स्रोतका अनुसार पाठकले राजीनामा दिए पनि उनी भ्रष्टाचारको कारवाहीबाट जोगिने अवस्था भने छैन ।

अख्तियारजस्तो संवैधानिक अंगमा रहेको व्यक्तिमाथि कारवाहीको पहिलो प्रक्रिया भनेको महाअभियोगको कारवाही हो । तर, पाठकले महाअभियोगबाट जोगिनलाई अगाडि नै राजीनामा दिएका छन् ।

तर, यसवीचमा राष्ट्रपतिले राजीनामा स्वीकृत नगरेको अवस्थामा पाठकमाथि महाअभियोगको कारवाही चल्न सक्ने स्रोतको भनाइ छ । राजीनामा स्वीकृत भएको अवस्थामा चाहिँ पाटकमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बाटो खुल्ने छ ।

संवैधानिक पदाधिकारीहरुमाथि अख्तियारले कारवाही चलाउन नसकेपछि पूर्वपदाधिकारी माथि कारबाही गर्ने अधिकार अख्तियारसँग मौजुद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*