Home / खेलकुद / फुर्सेखाली र रतनपुर–११ बराबरीमा रोकिए

फुर्सेखाली र रतनपुर–११ बराबरीमा रोकिए

दाङ,२६ चैत । स्व.रामशरण थापा स्मृति आमन्त्रण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ को चौथो खेलमा फुर्सेखाली युवा क्लव र रतनपुर–११ बराबरीमा रोकिएका छन ।
मंगलवार घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा निर्धारित समयमा दुवै क्वलका खेलाडीहरुले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको हो ।

fursekhali

गोलका लागि दुवै टिमका खेलाडीहरुवाट प्रयास गरेपनि गोल गर्न सकेनन् । रतनपुर–११ ले धेरै पटक गोलका लागि अवसर सिर्जना गरेपनि फुर्सेखालीका किपरले रोकिदिएका थिए ।
यसैबिच प्रतियोगिताको पाँचौ खेल बुधवार बडहरा युवा क्लव र मेघा युवा क्वलका विच हुने प्रतियोगिता आयोजक राप्ती क्लवका सचिव श्यामकुमार गिरीले जानकारी दिए । उनका अनुसार खेल बुधवार दिउँसो साडे तीन बजे घोराहीको भरतपुर खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने फुटवल टिमले नगद ५५ हजार पाँच सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितिय हुने फुटवल क्लवले नगद २५ हजार पाँच सय २५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई एभेष्ट बैङक लिमिटेड तुलसीपुर शाखाले नगद दश हजार प्रदान गर्ने भएको छ । प्रतियोगिता सवैभन्दा धेरै गोल गर्ने खेलाडीलाई नगद दश हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव गिरीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई एभरेष्ट बैंक तुलसीपुर शाखाले नगद दश हजार सहयोग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*