Home / Feature Breaking news / बस दुर्घटनामा एक जनाको मृत्यु

बस दुर्घटनामा एक जनाको मृत्यु

दाङ,४ चैत । घोराही उपमहानगरपालिका वडा नं. १३ बगालेमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउदै गरेको ना ४ ख ६०९४ नम्वरको बस दुर्घटनामा बसका सहचालक हर्कबहादुर पुन (खड्क)को मृत्यु भएको छ ।

आज सोमवार दिउँसो करिव २ः४० बजेतिर भएको दुर्घटनामा रोल्पा रुम्टीगढी गाउँपािलका वडा नं. ७ निवासी २३ बर्षिय पुनको मुत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा रोल्पा जौलीपोखरी ५५ बर्षिय सम्पुरा डागी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी रथा घर्ति, रोल्पा माडीगाउपालिका वडा नं. ३ निवासी इन्द्रबहादुर घर्तिको गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । गम्घीर घाइतेहरुलाई कोहलपुर रिफर गरिएको छ ।

प्रहरीका अनुसार बसमा ४० जना यात्रु रहेका थिए । साथै सबै घाईतेहरुको उद्धार गरि अस्पताल पठाईसकिएको उनको भनाई छ । गाडी सडकभन्दा ५० मिटर तल खसेको छ ।
दुर्घटनाका ३४ घाइतेहरुको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएकोछ । बस तिब्र गतिका कारण घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*