सुवास डि.सी
दाङ, ६ माघ
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिपक गिरिले जनताका हरेक सुख दुखमा आफ्नो मोबाईल खुल्ला रहेको बताएका छन । पश्चिम दाङ खयर भट्टी स्थित श्री जन ज्योती प्रबिले बिद्यालय भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाइ सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पुर्ब सिचाइ मन्त्री समेत रहेका गिरिले कम्युनिस्टहरुले जनतालाइ झुक्याएर जितेको दाबी गर्दै दुई तिहाईको सरकार हुदा समेत कम्युनिस्टहरुले सिन्को पनि नभाचेको बताए ।
कर्यक्रमका प्रमुख अतिथी समेत रहेका काङ्ग्रेस नेता गिरिले कम्युनिस्टहरुले झुक्याएर गए तर पनि अब चिन्ता नगर्नुहोस म र हाम्रो पार्टी नेपाली काङ्रेस सदा जनताको सुख दुखमा छ भन्दै आफ्नो नम्बर टिपेर आबस्यक परेको बेला फोन गर्न अनुरोध गरे । बिगतमा ९ महिना मन्त्री हुदा पश्चिम दाङमा बिकासको बहार ल्याएको बताउदै कम्युनिस्टहरुले यो ५ बर्षमा त्यसको एक छेउ पनि बिकास गर्न नसक्ने ठोकुवा गरे ।
निर्वाचन हारेपनी आफ्नो तागतले भ्याए सम्म अझै बिकास गरेर देखाइदिने भन्दै जितेका हरुलाई अझै पनि बिकास निर्माणमा प्रतिस्पर्धा गर्न आह्वानमा गरे ।बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमलाल वलिको अध्यक्षतामा भएको कर्यक्रममा पुर्ब सासद कृष्ण किशोर घिमिरेले काङ्ग्रेसको पालामा बहेक कम्युनिस्ट सरकारले केही गर्न नसकेको बताए ।
कर्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिब शंकर प्रसाद डागि , छेत्रीय सभापति जगत बहादुर खड्का , काङ्रेस नेताहरु शंकर गिरि, केशव आचार्य , शुरेस हमाल , कुल बहादुर केसि , बबई गाउपालिकाका काङ्ग्रेस सम्योजक बल बहादुर बुढा , बिद्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष इन्द्र बहादुर वलि लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
कर्यक्रमको सहजीकरण बिद्यालयका प्रधानाध्यापक लिलाधर खड्काले गरेका थिए । बिद्यालय भवन निर्माणका लागि प्रमुख अतिथी गिरिले २५ हजार लगायत २५ जना स्थानीयहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा विभिन्न सान्स्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो ।
RaptiSandesh RaptiSandesh